२०८२ फाल्गुन २६ , मंगलबार

नयाँ सरकारको नेतृत्वका लागि आज जंगीअड्डामा निर्णायक वार्ता

Nepal-Army-Headquater

सुनाखरी न्युज/ काठमाडौं ।

अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।

सुशीला कार्कीको नाम  जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल जारी हुने बताए । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।

 

 

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।