
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ । ‘जलिसकेको अवस्थामा शव भेटिएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नेपालखबरसँग भने, ‘यसबारे अनुसन्धान गर्न प्रहरी पुगिसकेको छ। थप कुरा त पछि नै थाहा होला।’