२०८२ फाल्गुन २६ , मंगलबार

काठमाडौं आउनुपर्ने हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट

Signature

सुनाखरी न्युज/ काठमाडौं ।

ल्हासाबाट काठमाडौंका लागि उडेको हिमालय एयरलाइन्सको उडान HIM775पहिले स्थानीय समय अनुसार १२:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका थियो। निर्धारित आगमन समयमा TIA एयरोड्रोम सञ्चालन बन्द भएका कारण यसलाई १३:५९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (PHH) तर्फ डाइभर्ट गरिएको छ। ६५ यात्रु र ७ जना चालक दलका सदस्यहरू सहितको उडान सुरक्षित अवतरण भएको छ। यात्रु सुरक्षा सुनिश्चित गर्नको लागि पोखरातर्फ डाइभर्ट गरिएको हो। हिमालय एयरलाइन्स सम्बन्धित सबैलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ।