२०८२ फाल्गुन २६ , मंगलबार

बानेश्वर–मीनभवन सडकखण्डमा सफाइमा खटिए युवा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

केही युवाहरुले अहिले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् । सडक सफाइमा खटिएकाहरुले ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन’ भनेका छन् ।