२०८२ फाल्गुन २६ , मंगलबार

अलपत्र विदेशी नागरिकलाई उद्धारका लागि समन्वय गर्न आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धारलगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । सेनाले आज सूचनामार्फत अलपत्र परेको अवस्थामा नजिक तैनाथ सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ ।”
रासस