२०८२ फाल्गुन २६ , मंगलबार

प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह

manab-adhikar-aayog

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो । प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।
रासस