२०८२ फाल्गुन २६ , मंगलबार

कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा भन्छन्- ‘हिजोको भिडियो देखेर आयौं’

uml-youth-leader-resigning-2082-06-023-768×427

सुनाखरी न्युज/ काठमाडौं ।

दोस्रो दिनको प्रदर्शनमा पनि कतिपय विद्यार्थीहरू विद्यालय ड्रेसमा आएका छन् । भक्तपुरबाट सिभिल अस्पताल आएर प्रदर्शनमा उत्रेकी दिक्षिता श्रेष्ठले स्कुल ड्रेसमा प्रदर्शन गर्दा प्रहरीले गोली नहान्ने आशासहित आएको बताइन् । सिभिल अस्पताल अघि भइरहेको प्रदर्शनमा विद्यार्थीहरू देखिएका छन् । प्रहरीले स्कुल ड्रेसमा गोली हान्दैन भनेर आन्दोलनमा आएको विद्यार्थीको भनाइ छ ।