२०८२ फाल्गुन २६ , मंगलबार

सरकारको बर्बर दमन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ । हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । घाइतेहरुको संख्या अझै यकिन छैन ।शान्तिपूर्ण रुपमा चलेको आन्दोलनमा संसद् भवन भित्र प्रवेश गर्ने दिशामा अघि बढेपछि प्रहरीले दमन सुरु गरेको थियो । काठमाडौं जिल्ला प्रशासनले कर्फ्यू जारी गरेपनि प्रदर्शनकारीले आन्दोलन नरोकेपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो । जेनजी युवाहरुले काठमाडौं बाहिर पनि प्रदर्शन गरेका छन् । ठूला सहरहरुमा पनि युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रशासनले अत्यधिक बल प्रयोग गर्‍यो ।
रासस