२०८२ फाल्गुन २६ , मंगलबार

‘मानव अधिकार आयोगको गाडीमा आगजानी’

Nepal-Human-rights-Commission-NHRC-768×395

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
रासस