२०८२ फाल्गुन २६ , मंगलबार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । अनलाइनखबरलाई विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले अश्रुग्यास र रबर गोली प्रयोग गरेका थिए भने प्रदर्शनकारीहरूले केही स्थानमा आगजनी र तोडफोड पनि गरेका थिए। प्रशासनले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ र स्थिति नियन्त्रणमा राख्न प्रयासरत छ।
रासस