
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको सुनको भाउ आइतबार बढेर दुई लाख १२ हजार रुपैयाँ पुगेको छ।
यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो । यसससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ कायम भएको छ ।