२०८२ फाल्गुन २३ , शनिवार

सरकारसँग एक्सले माग्यो दर्ताको कागजात

Capture

सुनखरी न्युज/ काठमाडौं ।

सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले प्रवक्ताले अनलाइनखबरसग भने ।