२०८२ फाल्गुन २७ , बुधवार

प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक टेबुल

प्रतिनिधि सभा बैठक

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्ध्मा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभयो । सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो । विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो ।
रासस