२०८२ चैत्र २ , सोमवार

न्याय सेवा आयोगद्वारा ३० अधिकृतको सरुवा सिफारिस, को कहाँ ?

Naya Sewa Ayog

सुनाखरी न्युज/ काठमाडौं ।
न्याय सेवा आयोगले विभिन्न पद तथा श्रेणीका ३० जना अधिकृतको सरुवा सिफारिस गरेको छ ।

 

आयोगका अनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलिया न्याय परिषद् सचिवालयमा सरुवा भएका छन् ।

आयोगले बुधबार सूचना प्रकाशित गरी सरुवा सिफारिसबारे सार्वजनिक गरेको हो ।

वरिष्ठ अधिकृतहरुलाई पन्छाएर सरुवा गरिएको भन्दै सर्वोच्च अदालतमा असन्तुष्टि भइरहँदा आयोगले यस्तो निर्णय गरेको हो ।