२०८२ फाल्गुन २३ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघले गरायो राजस्व अनुषन्धान बिभागको ध्यानाकर्षण

drii

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार राजस्व अनुषन्धान बिभागका महानिर्देशक तिर्थराज चिलुवालसँग भेटगरी ब्यवसायीक समस्याको बारेमा जानकारी गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले पछिल्लो समयमा अनुषन्धानको नाममा ब्यवसायीले भोग्नु परेका समस्याहरको बारेमा जानकारी गराउनुभयो ।
त्यसक्रममा ब्यवसायीहरुले बजार अनुषन्धानको नाममा काठमाडौं, पोखरा, बिरगञ्ज, सर्लाही लगायतका स्थानमा भएको अनुगमन, ब्यवसायहिरु माथि भएको ज्यादती लगायतका बारेमा विभागको ध्यानाकर्षण गराउनुभयो ।

सरका ले कर नीतिमा गरेको फेरवदलका कारण ब्यवसायीहरुमा अन्यौलता उत्पन्न भैरहेका वेला यसरी विभिन्न वाहाना बनाएर अनुषन्धान गरी ब्यवसायीहरुलाई दुःख नदिन उहाँहरुले महानिर्देशक चिलुवालको ध्यानाकर्षण गराउनुभयो ।

त्यसक्रममा विभागमा महानिर्देशक चिलुवालले ब्यवसायीहरुले उठाएर जायज कुराहरुलाई विभागले सम्वाधेन गर्ने आश्वासन दिनुभयो । उहाँले ब्यवसाय सञ्चालनमा क्रममा राज्इले तोकेका मापदण्डहरुको पालना गरी निर्वाधरुपमा ब्यवसाय सञ्चालन गर्न पनि आग्र गर्नुभयो ।

महानिर्देशक चिलुवालसँगको भेटका क्रममा महासंघका प्रथप उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, महानिर्देशक शिव दुवाडी लगायतको उपस्थिति रहेको थियो ।