
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला अदालत बागलुङमा सरुवा भई आउनुभएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधीश हुनुहुन्छ । उच्च अदालत बार एसोसिएसन बागलुङले एक कार्यक्रमका बिच अधिकारीलाई स्वागत गरेको हो ।
जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ आउनुभएको हो । यसअघि अदालतमा रमेशकान्त अधिकारी जिल्ला न्यायाधीश हुनुहुन्थ्यो ।
वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमूर्तिको रुपमा जिल्ला अदालत महिला पाएको बागलुङले पहिलो हो भन्दै बारको अध्यक्षसमेत महिला भएको बेलामा न्यायालय महिलामैत्री र अन्य बेलाभन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।