२०८२ फाल्गुन २३ , शनिवार

डा. लेखजंगले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्स भैसकेको कागज

Lekhjung

सुनाखरी न्युज/ बुटवल ।

रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।

 

डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।

अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

 

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रकृयाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग डिभोर्स गरिसकेको पाइएको बताए ।

लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् ।