२०८२ फाल्गुन २३ , शनिवार

यूएईमा अत्यधिक गर्मीका कारण एशिया कप २०२५ को खेल समय परिवर्तन

hp-download-2025-08-31t152524614jpegcqa9rhhoa

सुनाखरी न्युज/ काठमाडौं । 

संयुक्त अरब इमिरेट्स  ( यूएई )  मा अत्यधिक गर्मीका कारण एशिया कप २०२५ का १९ मध्ये १८ खेलको समय निर्धारित समयभन्दा आधा घण्टा पछाडि धलेकिएको छ । युएईको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै आयोजकले १९ मध्ये १८ खेलको समय आधा घण्टा पछाडि सारेको हो।यस पटक टी–२० ढाँचामा आयोजना हुने प्रतियोगिता आउँदो सेप्टेम्बर ९ देखि २८ सम्म दुबई र अबुधाबीमा सञ्चालन हुनेछ ।

सेप्टेम्बर १५ मा यूएई र ओमानबीचको खेल अबुधाबीको जायद क्रिकेट रङ्गशालामा स्थानीय समय अनुसार दिउँसो ४ बजे शुरू हुने इमिरेट्स क्रिकेट बोर्डले जनाएको छ । यो प्रतियोगिताको दिउँसो हुने एकमात्र खेल हो ।

प्रतियोगिताको सबैभन्दा प्रतीक्षित खेल, भारत र पाकिस्तानबीचको भिडन्त सेप्टेम्बर १४ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ। प्रतियोगितामा सहभागी टोलीहरूमध्ये भारत, पाकिस्तान, युएई र ओमान समूह ‘ए’मा रहँदा समूह ‘बी’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ रहेका छन्।