२०८२ फाल्गुन २३ , शनिवार

नेपाल–बङ्गलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साता

images (8)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल रग्बी संघको आयोजनामा नेपाल–बङ्गलादेश अन्तरराष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले सिरिजमा रग्बी ‘सेभेन’ मा दुई र ‘फिफ्टिन’ मा एक खेल हुने जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सिरिजअन्तर्गत यही भदौ ३० मा रग्बी सेभेन र ३१ मा फिफ्टिनको खेल खेलाइने छ । सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा भएको थियो ।
रासस