२०८२ फाल्गुन २६ , मंगलबार

पहिरोले पुरिएर एकजनाको मृत्यु

palpa-pahiro

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो । उहाँसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताउनुभयो । उहाँका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।
रासस