२०८२ चैत्र २ , सोमवार

देशैभरका दुग्ध उत्पादक किसान आन्दोलनमा

33619071_537981299930013_2252951887122792448_n_1LRHb27emW

सुनाखरी न्युज/ काठमाडौं ।

उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी० को कार्यालयमा धर्ना दिँदैछन् ।

दूधको भुक्तानी नपाएको भन्दै किसानहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ( डीडीसी)  को कार्यालयमा धर्ना दिन लागेका हुन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघले जनाएको छ ।

आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिए लगत्तै दूध उत्पादक किसानहरु समेत सडक आन्दोलनमा उत्रिन लागेका हु्न ।