२०८२ फाल्गुन २३ , शनिवार

हैजा नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरद्धारा थप तीन दिन शिक्षण संस्था बन्द गर्ने

birgunj-1718256239

सुनाखरी न्युज/ काठमाडौं । 

वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि विद्यालयहरू थप तीन दिनका लागि बन्द हुने भएका छन्। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले भोलि आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो।

वीरगञ्जमा यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ गतेसम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै विद्यालय बन्दको अवधि थपिएको हो। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले पछिल्लो चौविस घण्टामा थप ९० जनामा हैजाको संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।

आज बेलुका ६ बजेको अपडेटमा उनले थपिएका ९० सहित कुल संक्रमितको संख्या ७९१ पुगेको उल्लेख गरेका छन् । यद्धपी बेलुका ६ बजेसम्म डिस्चार्ज हुनेको संख्या ६१० पुगेको उनले बताएका छन् । विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचाररतको संख्या भने १८० रहेको छ । त्यसमध्ये २० जना आईसीयूमा र ७ जना एचडीयूमा रहेको ठाकुरले बताए ।