२०८२ फाल्गुन २५ , सोमवार

सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

prakash man singh shrestha

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोले कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो ।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको जनाएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले आफू देश बाहिर जाँदा सिंहलाई नै कार्यवाहकको जिम्मेवारी दिने गरेका थिए ।