२०८२ चैत्र २ , सोमवार

बैतडीका स्थानीय तह सबल बन्दै, डिलाशैनी–५ को वडा भवन निर्माण

wada

सुनाखरी न्युज/ काठमाडौं ।

डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले रु ७१ लाखको लागतमा तिलाचौरमा एकतले भवन निर्माण गरेको छ । गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । उहाँले भन्नुभयो, “यसअघि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो । अब काम गर्न सहज भएको छ ।”सबै वडा कार्यालयका निम्ति भवन निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन् । पालिकाको भवन निर्माणका लागि पनि रु एक करोड २२ लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह प्रारम्भ भए पनि यही भदौ १६ गते औपचारिक कार्यक्रमका साथ काम थालिने अध्यक्ष भट्टले बताउनुभयो ।

रासस