
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।