२०८२ फाल्गुन २७ , बुधवार

राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न काँग्रेस सभापति देउवाले बोलाए बैठक

Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राज्य व्यवस्था समितिको सभापतिबारे निर्णय लिन  आज बिहान ११ बजे आफ्नो निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।

राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।