
सुनाखरी न्युज/ काठमाडौं ।
रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्ने रिक्सा चालक हुन् । भदौ ७ मा राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत भेटिएकी थिइन् ।प्रहरी हत्याराको नजिक पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘धेरैसँग सोधपुछ गर्ने काम भइरहेको छ, हामी हत्याराको नजिक पुगेका छौँ ।’माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । रिक्सा चालकको बयानको आधारमा हत्यारासम्म पुग्ने आकलन गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।