
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले पर्सामा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो। सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो। निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा ( हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए। हानगरका कर्मचारीको हिजोको बैठकले धेरै जोखिम भएका वडा नम्बर १ देखि १६ वडा सम्मका घरघरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने, विरामीहरुलाई उपचारमा ल्याउने निर्णय गरेको छ । महानगरपालिकाले समुदाय स्तरमा हैजा फैलिन नदिन हिजो र आज विद्यालय र कलेज बन्द गरेको छ ।
महानगर क्षेत्रभित्र पानीपुरी, चाट, भाजा लगायतका खाद्यवस्तु बिक्री वितरण नर्गन भनिएको छ । मधेश प्रदेश सरकारले उपचारलाई सहज बनाउन नारायणी अस्पताललाई स्वास्थ्य सामग्री र औषधी सहयोग गरको छ । हिजो मात्रै केन्द्रीय सुरक्षा समितिको बैठकले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको थियो । निरन्तरण झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो आउने, आँखा गाडिने, मांसपेशी दुख्ने र शरीरमा पानीको कमी हुने लगायतका समस्या हैजाका लक्षण हुन । समयमै उपचार नपाए यो रोगबाट बिरामीको ज्यानै समेत जानसक्ने डाक्टरहरु बताउँछन् ।
हैजाबाट बच्न राम्ररी पाकेको र ताजा खानेकुरा मात्र खाने, बासी, सडेगलेका खानेकुरा नखाने, खानेकुरालाई फोहोरमैलाबाट सुरक्षित राख्ने, तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खाने, पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने, घरवरपर सफा राख्ने, फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने, पखाला लागिरहेमा पुनर्जलीय झोल बनाएर खाने, स्तनपान गराइरहेको शिशुलाई पखाला लागेमा धेरैपटक स्तनपान गराउने, अत्यधिक ज्वरो आउने, दिशामा रगत देखिने, दिनमा पाँच पटकभन्दा बढी पखाला लाग्नेजस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्ने डाक्टरको सुझाव छ । निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा ( हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए ।