२०८२ फाल्गुन २६ , मंगलबार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

arrestad 3

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिका-१५ विजेश्वरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नोर्फिन १४ एम्पुल र नगद १० हजार ८ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका(७ घर भएका ३१ वर्षीय पेम्बा तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका(२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ५० मिलिग्राम सहित दमक नगरपालिका(९ धरना टोल बस्ने २९ वर्षीय डिकेश मुण्डा समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र।१(०१(०१३ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका(१७ डिवामन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका(१६ बस्ने २० वर्षीय रियाज खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पँचपोखराबाट नदै गाउँतर्फ आउँदै गरेको युपि ३२ एनयु ७४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका(७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका(११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका(४ लक्ष्मीटोल बस्ने २८ वर्षीय अनिल गोडियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका(२१ बाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ३ सय २० ग्राम सहित चितवन राप्ती नगरपालिका(१ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा।प्र।०६(००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।