२०८२ फाल्गुन २३ , शनिवार

२३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold

सुनाखरी न्युज/ काठमाडौ ।

नेपाली बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मुल्य तोलामा दुई हजार ३०० र चाँदीमा ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० मा क्रयविक्रय भएको थियो ।