२०८२ फाल्गुन २५ , सोमवार

सुटकेशभित्र महिलाको शव फेला

Photo-7-2-1

सुनाखरी न्युज/ काठमाडौ ।

रौतहटको मुडवालाबा मोड नजिक आइतबार फेला परेको सुटकेश भित्र महिलाको शवको सनाखत भएको छ। शव रौटहटकै माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको खुलेको हो ।

रुवीको भारतको मजफरपुरमा विवाह भएको र उनी अहिले माइती घरमै बस्दै आएकी बताइएको छ । गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत डोरीले बाँधिएको अवस्थामा सुटकेश फेला परेको थियो । सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको हो ।

घाँटी कसेर रुवीकुमारीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। हत्या कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।