२०८२ फाल्गुन २२ , शुक्रवार

नाडा अटो शोमा दर्शकको घुँइचो, यस्ता छन् शो का मुख्य आकर्षण !

Nada

सुनाखरी न्युज/ काठमाडौं ।
‘नाडा अटो शो–२०२५’ मा आगन्तुकको भीड बढ्दै गएको छ ।

चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइनेछ । प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको आयोजक नाडाको भनाइ छ । १७ औं संस्करणको अटो शो भदौ ८ सम्म चल्नेछ । अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) छ ।

अटो शोको अवलोकन गरेर दाहालले आयोजकलाई हौसला प्रदान गर्ने काम गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । अटो शोमा विभिन्न कम्पनीले सवारीसाधनको खरिदमा आकर्षक छुट दिएका छन् ।

 

विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको ‘नाडा अटो शो–२०२५’ का संयोजक अनुपकुमार बरालले जनाए ।

अटो शो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । अटो शो प्रत्येक दिन बिहान साढे १० देखि साँझ ७ बजेसम्म चल्नेछ । अटो शोमा १ सय २५ भन्दा बढी अटो र यससँग सम्बन्धित ब्रान्ड प्रदर्शनीमा छन् ।

भृकुटीमण्डपमा जारी  शो मा पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेको अटो शोमा दोस्रो दिन २८ हजार ९ सय ७८ जनाको उपस्थिति रहेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।