२०८२ चैत्र ३ , मंगलबार

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग

pokhara-mahanagar

सुनाखरी न्युज / काठमाडौं ।

पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ । समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उहाँहरूलाई जनही रु २५ हजारका दरले रु एक लाख सहयोग गरिएको हो । कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्र र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो । साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

रासस