२०८२ फाल्गुन २३ , शनिवार

सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क सम्वन्धी ब्यवस्था संशोधन

bilasita-sulka

सुनाखरी न्युज/ काठमाडौ ।
सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क सम्वन्धी ब्यवस्था संशोधन गरेको छ । मन्त्रिपरिषदको गत शोमबारको वैठकले यस्तो निर्णय गरेको हो ।

विना सुझवुझ हचुवाकोभरमा लगाइएको तहगत विलासिता शुल्कको ब्यवस्थाले सुन बजारलाई अस्तब्यस्त बनाउने भएपछि पुर्ववत् ्ब्यवस्थालाई थप प्रष्ट वनाउँदै एक तहमा मात्र यस्तो शुलक लगाउने ब्यवस्था गरिएको हो ।

आर्थिक ऐनमा सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लगाई असुल गरिने उल्लेख छ ।

 

मन्त्रिपरिषद्ले यसलाई संशोधन गर्दै व्यवसायबाट व्यवसायलाई व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहनाको बिक्रीमा लाग्ने विलासिता शुल्क पूर्ण रूपमा छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो निर्णयसँगै अव देखि ब्यवसायीवाट सुनका गरगहना खरिद गर्ने उपभोक्ताले मात्र २ प्रतिशत बिलाशिता शुल्क तिर्नु पर्नेछ ।

 

 

अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेले राजस्व दर सम्बन्धी मन्त्रिपरिषद्बाट निर्णय भएको पुष्टि गरे । उनले भने, ‘मन्त्रिपरिषद्बाट राजस्व दर सम्बन्धी निर्णय भएको जानकारी आएको छ । तर, ठ्याक्कै के भएको हो राजपत्रमा प्रकाशित भएपछि विस्तृतमा थाहा पाउन सकिन्छ ।’

२ भदौमा नै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक ऐन, २०८२ बमोजिमका महसुल तथा करको दर हेरफेर तथा छुट दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न स्वीकृति दिएका थिए । गत ३० असारमा आर्थिक ऐन, ०८२ संसद्को दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । साउनदेखि नै लागू भएको ऐन अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले संशोधन गरेको हो ।