२०८२ फाल्गुन २३ , शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने

MOU_kids_clinic_1

सुनाखरी न्युज / काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा ९ओपीडी० र प्रयोगशाला ९ल्याब०को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक ९डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका०ले १० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा। पुष्पराज अवस्थीले हस्ताक्षर गर्नुभएको छ । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यस्तै किड्स क्लिनिक वाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।