२०८२ फाल्गुन २६ , मंगलबार

काठमाडौंमा मालिकले गरे आफ्नै कामदारको हत्या

death-cardiac

सुनाखरी न्युज / काठमाडौं । 

आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ । भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो । पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका–८ मात्रा गाउँका ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, हत्या आरोपमा पक्राउ परेका कालिकोटको अनुसार सामान्य विवादमा हत्या भएको देखिन्छ । आफू मालिक भए पनि त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बताएको आचार्यले बताए ।

उनका अनुसार कालिकोटे सुनचाँदी पसल थियो । उनको पसलमा पाल सुनारको काम गर्थे ।  न्ह्योखास्थित विष्णुभक्त श्रेष्ठको घरको तेस्रो तलामा पालको कोठा थियो ।  होच्याएकाले रिस उठेपछि नजिकैको ह्याम्मरले हानेर हत्या गरेको उनको भनाइ छ ।