२०८२ फाल्गुन २५ , सोमवार

फिनल्याण्डका ३० वर्षीय सांसदले संसदभित्रै त्यागे प्राण

Emilee-dead

सुनाखरी न्युज / काठमाडौं । 

फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी ९एसडीपी०का सांसद थिए ।

पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।

सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे । साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए ।

हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको देखिएको छैन ।