
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्ननसकेको आरोप लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको पदाधिकारी बैठकले जनताका विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
रासस