२०८२ फाल्गुन २८ , बिहिवार

आईआरजीडीडीकी अध्यक्ष डा. पराजुली र भारतीय विदेश अतिरिक्त सचिव महावर बीच भेटवार्ता

IRGDD image Aug 18

सुनाखरी न्युज/ काठमाडौं ।

इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग ९आईआरजीडीडी० की अध्यक्ष तथा पूर्वराजदूत डा। शर्मिला पराजुली ढकाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर बीच भेटवार्ता भएको छ । उक्त अवशरमा आईआरजीडीडीका सह–संस्थापक बिमल ढकालको पनि उपस्थिती रहेको थियो । भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणकै दौरान आएका महावरसग उनीहरुले भेटवार्ता गरेका हुन् । ………………………………….उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई लामो समयदेखि परिभाषित गर्दै आएको मित्रताको भावनालाई जोड दिदै, कूटनीति, आर्थिक वृद्धि, प्रविधि, युवा संलग्नता र जनता–जनता आदानप्रदानको विषयमा कुराकानी भएको थियो । साथै, उत्तः अवशरमा आईआरजीडीडी र भारतीय संस्थाहरू बीच भविष्यमा विभिन्न क्षेत्रमा हुने सहकार्यको सम्भावना बारे पनि कुराकानी भएको थियो ।