२०८२ फाल्गुन २६ , मंगलबार

४ दिनदेखि कैलालीमा बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला

death

सुनाखरी न्युज/ काठमाडौं ।

कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए । खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो । उनी खोजीको क्रममा मृत भेटिएकी हुन् । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।