
सुनाखरी न्युज/ काठमाडौं ।
यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन् ।प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला एथलेटिक्स फिजिकमा उर्मिला श्रेष्ठ सहभागी हुँदैहुनुहुन्छ । पाँच सदस्यीय खेलकुद पदाधिकारी दुई सदस्यीय खेलाडीको व्यवस्थापनका निम्ति सोमबार ब्याङकक प्रस्थान गर्दैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा खेल पदाधिकारी र खेलाडीलाई सफलताको कामनाका साथ बिदाई गर्नुभयो ।
रासस