२०८२ फाल्गुन २५ , सोमवार

यात्रु कम्तीमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘अन्तिम समयमा जाँच डेस्क अफिसरलाई समेत चेकजाँच गर्न कठिनाइ हुने हुँदा यसमा कडाइ गरिएको हो ।’ अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ । तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो । यद्यपि, भिजिट भिसामा असुली गरेर पठाउने क्रम नरोकिएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा तिवारीलाई पठाएको थियो ।