२०८२ फाल्गुन २६ , मंगलबार

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

uae-1782025031553-1000×0

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

रासस