
सुनाखरी न्युज/ काठमाडौं ।
शिव श्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत साउन १६ गते बुकक्लोज गरेको थियो। कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।