२०८२ फाल्गुन २४ , आइतवार

जन्डिस भएका व्यक्तिका लागि रामबाण भन्दा कम छैनन् यी घरेलु उपचार विधि

jandis_UYNUgSEQ8J

सुनाखरी न्युज/ काठमाडौं ।

जन्डिस ( कमलपित्त )  एउटा लक्षण हो, जो शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ, आउनुस जन्डिसको घरेलु उपचार बारे जानकारी लिउं । जण्डिस आफैमा रोग होइन, यो कुनै रोगको कारण हो । रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जन्डिस अर्थात् कमलपित्त भनिन्छ । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आँखा पहेँलो देखिन्छ जसलाई जन्डिस भनिन्छ ।

मुख्यतया जण्डिसको दुई प्रकारका हुन्छ
१ .जन्मजात
२ . रोगले निम्त्याएको पहेँलोपन
जन्मजातमा रोग हुँदैन । कसैलाई तिलको जत्रो दाग हुन्छ त कसैलाई ६ वटा औंला हुने हुन्छ । जन्मजात जण्डिस रोग होइन । विश्वमा ५ देखि १० प्रतिशत जन्मजात यस्ता समस्या देखापर्दछ । यसलाई गिलबर्ट सिन्ड्रोम भनिन्छ ।

खाने चीजहरू

 मेवा, स्याउ, खरबुजा, हरियो सागपात चुकन्दर गाजर जस्ता तरकारी र फलफूल सेवन गराउनु पर्दछ । दाल ( मुङको दाल) ,भात जस्ता खाना खानुपर्छ ।

नखाने चीजहरू

बासी, बोसो र तारेको खाना जस्तै फ्रेन्च फ्राइज, बर्गर, र पिज्जा प्रसंस्कृत खाद्य पदार्थ जस्तैस् प्याकेटमा स्न्याक्स, जंक फूड, मसालेदार र पिरो खाना जस्तै खुर्सानी, अचार मासु र माछा विशेष गरी रातो मासु । कफी र मदिरा जस्तै कफी, चिया र रक्सी अधिक तेल र घ्यू तारिएको र अत्यधिक तेलयुक्त खाना । बेकरी प्रोडक्ट्स केक, पेस्ट्री, र ब्रेड ।

जन्डिसका लक्षणहरु निम्न प्रकारका छन्  : 
जिउ गल्दै जानु,बान्ता हुनु,पेट दुख्नु,खाना नरुच्नु,अल्छी लाग्नु,खाना खाने बेलामा वाक्वाक लाग्नु,पिसाब पहेलो हुनु र अन्तिममा आखाँ पहेलो हुन्छ। यस्तो लक्षण देख्नासाथ तुरुन्त जाचँ गरि आयुर्बेद उपचार गर्नु उपयुक्त हुन्छ।

जण्डिसका केही लक्षण

पेट दुख्ने
वाकवाकी लाग्ने
खाना नरुच्ने
शरीरको तौल घट्ने
पहेँलो दिसा आउने
पिसाब गाढा पहेँलो रङको आउने
शरीरको धेरै भाग पहेँलो देखिने

जन्डिसको घरेलु उपचार यस्ता छन् : 
१। सेतो फट्किरीलाइ फुटाएर पिस्ने,पहिलो धिं आदा ग्राम दहीमा मिलाएर खाने । दोस्रो दिन १ ग्राम,तेस्रो दिन डेड ग्राम एवं प्रकारले साता दिन सम्म खानाले जन्डिस रोग निको हुन्छ ।

२। ठुलो हरड़को बोक्रा १०० ग्राम ग्राममा १०० ग्राम मिस्रि मिलाएर धुलो बनाउने र ६र६ ग्राम चुर्ण बिहान- बेलुकाको दरले खादा जन्डिस रोगमा फाइदा मिल्छ ।

३। गिलोयको ६ मासा चुर्ण महमा मिसाएर चाटनाले पनि यो रोग निको हुन्छ ।

४। उखुको रसमा कागती निचोरेर दिनमा तीन चार पटक ५०० मिलिलिटरको दरमा खाने

५। पेट सफा राख्ने

६। जण्डिस भएका बिरामीले गाँजर, मुला, काँक्रो, उसिनेको खाना, नुन कम हालेको र बेसार नहालेको खानेकुरा मा विषेश जोड दिनुपर्छ।

 कुरा नखानेस् ७ दिनसम्म पनि शरीरमा कुनै किसिमको फरक नआएमा विशेषज्ञलाई देखाउने ।

बच्चालाई जन्डिस भए के गर्ने ? 
३७ हप्ताभन्दा बढी समय पुगेर जन्मिएका लगभग ६० प्रतिशत र त्यसभन्दाअघि ( समयभन्दा अघि )  जन्मिएका ८० प्रतिसत नवजात शिशुहरूमा केही न केही मात्रामा जन्डिस देखिने गर्दछ । पहेँलो पदार्थ बिलिरुविनको मात्रा बढी हुने हुनाले जन्डिस भएको बच्चा पहेँलो देखिन्छ । घामको उज्यालोमा बच्चा पहँेंलो भए नभएको राम्ररी छुट्याउन सकिन्छ ।बच्चाको निधारमा, छातीमा वा हात खुट्टामा औंंलाले केहीबेर थिचेर छोड्दा त्यहाँ पहेंँलो देखिन्छ÷देखिँदैन, त्यो हेरेर जन्डिस छ÷छैन थाहा पाउन सकिन्छ । जन्डिस टाउको, अनुहारबाट सुरु भएर रगतमा त्यसको मात्रा बढ्दै जाँदा क्रमशः छाती, पेट, हातखुट्टा र हत्केला, पैतालामा देखिन्छ ।