२०८२ फाल्गुन २४ , आइतवार

पारासिटामोल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु

23566c159331215.Y3JvcCwyMjM0LDE3NDcsMCwyNDM

सुनाखरी न्युज/ काठमाडौं ।

पारासिटामोल एउटा दुखाई र ज्वरो कम गर्न प्रयोग हुने औषधि अन्तर्गत पर्दछ । यसलाई अन्य औषधिसँग प्रयोग गर्ने गरेको पाइन्छ । तर आजकाल यसको प्रयोग कम हुने गरेको देखिन्छ । पारासिटामोलको प्रयोग कस्ता- कस्ता रोगमा गर्न सकिन्छ ?  सामान्य टाउको दुख्दा, महिनावारीको दुखाईमा, शरीर दुख्दा, दाँत दुख्दा, जोर्नी दुखेमा, सामान्य ज्वरो आएको अवस्थामा प्रयोग गर्न सकिने छ ।

पारासिटामोल सेवन गर्ने तरिका

पारासिटामोल खाना खाइसकेपछि या जूस या मनतातो पानीसँग लिनुपर्दछ । पारासिटामोल ठूलाले ५०० एमजी हरेक ६/६ घण्टाको फरकमा या दिनमा चारपटक लिनुपर्दछ । शरिरमा जस्तोसुकै दुखाई भएपनि पहिलो औषधिको रूपमा यसलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ । पारासिटामोल बढीमा तीन दिनसम्म लिने बानी बसाल्नु राम्रो हुन्छ ।

यस्ता छन् पारासिटामोलको प्रयोगका साइडइफेक्ट

पारासिटामोल अधिक चलाउदा कहिलेकाहीँ उल्टि हुने, शरीर सुनिन थाल्ने, पसिना बढी आउने, भोक नलाग्ने या रुची कम हुने, पेट दुख्ने, पखाला लाग्ने, पिसाब पहेंलो हुने, छाला चिलाउने, पेटमा अल्सरको घाउ बढ्न सक्ने, आँखा पहेंलो हुने, लिभरमा समस्या देखिन सक्छ ।