२०८२ फाल्गुन २३ , शनिवार

भदौ ०१ गते आईतबारको तपाईको दैनिक राशिफल

Rashi-1

सुनाखरी न्युज/ काठमाडौं ।

आज मिति वि. सं.  २०८२ भदौ ०१ गते आईतबर ई. सं.  २०२५ अगस्त १७ नेपाल सम्बत ११४५ गुंलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, व्याघात योग, तैतल करण । आज बिहान ०५ बजेर ३५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ४२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  :  बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । कुनै काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान(सम्मान बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

बृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :  विचारले धेरैलाई आकर्षण गर्ने समय छ प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभता बढ्नेछ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।

मीथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) :  अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी पछि पर्नेछन् । परिवारका लागि खर्च बढ्ने योग छ ।

कर्कट राशि  ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )  :  आजको दिन धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक कार्यमा राम्रै प्रगति हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । केही जोखिम बढेपनि व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :  विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा(मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ र तिनबाट राम्रै आश्वासन मिल्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो  )  :  दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा महत्वपूर्ण व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । प्रेमभाव वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।

तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )  :  दिन चुनौतीयुक्त छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् भने स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । प्रतिकुलताका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा होला । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु उचित हुनेछ । ब्यस्तता बढेपनि रोकिएको काम मिहेनतले बन्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )  :  व्यस्तता बढेपनि आजको दिन रोकिएका काम सम्पादन हुनेछ भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । आर्थिक अभावले चाहिँ अलिक सताउन सक्छ, ध्यान राख्नुहोला । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि(चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )  :  परिश्रम परे पनि नियमित काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय भएकोले आर्थिक उपार्जनमा पनि सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । नयाँ काममा हात हाल्दा फलदायी नतिजा आउनेछ । धन आर्जन गर्ने मौका जुर्नाले उत्साह बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द )  :  अलिक बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । आज व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी पनि बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुने तथा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) :  परिवारजन तथा बन्धु(बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । आरोग्यबल बढ्नेछ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना छ, सजग रहनुहोला । सुख(सुविधाको बस्तुमा खर्च बढ्नेछ ।