२०८२ फाल्गुन २७ , बुधवार

रवि लामिछाने काठमाण्डौ मा, समर्थकहरुको चर्को नाराबाजी

Rabi-2-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई नख्खु कारागार ल्याइएको छ । आज  ( शनिबार )  बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवाबाट नख्खु कारागार ल्याइएको हो । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका थिए । एक करोड धरौटीमा लामिछानेलाई छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरिदिएपछि उनी पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देही, भैरहवामा थुनामा थिए ।

लामिछानेले कारागार सरुवाका लागि जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतको आदेशपछि पनि उनको कारागार सरुवामा ढिलासुस्ती भएको भन्दै चर्को आलोचना भएको थियो । कारागार व्यवस्था विभागले हिजो लामिछानेको सरुवा स्वीकृत गरेको थियो ।

लामिछानेलाई स्वागत गर्न समर्थकहरु विमानस्थल र नख्खु कारागारमा उपस्थित भएका थिए । उनीहरुले लामिछानेको पक्षमा चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘रवि दाइ, हाई हाई, नडराउ रवि दाई, जनता तिम्रो साथमा छ’ लगायतका नाराबाजी गरेका थिए ।