
अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले आक्रामक कमाइ गरिरहेको छ। मोहित सूरीद्वारा निर्देशित यो फिल्मको डायलग, गीत तथा अभिनयलाई दर्शकले अत्यधिक मन पराइरहेका छन्। टिकट खिड्कीमा यो फिल्म दर्शकको पहिलो रोजाइ बनेको छ, र हालसम्म यसको प्रतिष्पर्धामा कुनै पनि फिल्म उभिन सकेको छैन।
यो फिल्मले ६ दिनमै डेढ सय करोड माथिको व्यापार गरेको छ । रिलिजको छैटौ दिनसम्म आइपुग्दा पनि फिल्मको व्यापार २० करोड तल आएको छैन । दोस्रो सातामा फेरि फिल्मको व्यापारले उचाई लिने अपेक्षा गरिएको छ ।
यो फिल्मले शुक्रबार २१.५० करोड, शनिबार २५ करोड, आइतबार ३५ करोड, सोमबार २४ करोड, मंगलबार २५ करोड र वुधबार २१ करोडको व्यापार गरेको छ । फिल्मलाई यशराज व्यानरले निर्माण गरेको हो ।