२०८२ फाल्गुन २३ , शनिवार

पेट्रोलको मूल्य बढ्याे, डिजेल र मट्टीतेलको घट्याे

petrol

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सुची जारी गरेको जनाएको छ।

अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको छ।